नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ ।
नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।
डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट तल उल्लेखित लिंक मा क्लिक गरेर सहजै प्रयोग गर्न सकिने छ ।
कम्प्युटर तथा मोवाइलका लागि सहज रुपमा यस लिंक मा क्लिक गरी सजिलै क्यालेण्डर डाउनलोड गर्न र प्रयोग गर्न सकिने व्यवस्था कम्पनीले मिलाएको छ ।
एन्ड्रोइड भर्सनका मोवाइल प्रयोग कर्ताहरुले यस लिंक मा क्लिक गरी क्यालेण्डर प्रयोग गर्न सक्नुहुने छ ।
यो प्राविधि सजिलै मोवाइलमा प्रयोग गर्न सकिने भएकाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सजिलो हुने कम्पनीले विश्वास लिएको छ ।
यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।