राष्ट्रिय वाणिज्य बैंकको सीईओमा किरण कुमार श्रेष्ठको निरन्तरता

किरण कुमार श्रेष्ठ राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अर्को कार्यकालकालागि पनि रहनु हुने पक्का भएको छ।

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको गत चैत २७ गतेको बैठकले श्रेष्ठलाई अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेसँगै  श्रेष्ठले अर्को चार बर्षका लागि पुनः बैंकको कमाण्ड सम्हाल्ने पक्का भएको हो।

लामो बैंकिंङ अनुभव संगालेका सीईओ श्रेष्ठले पहिलो कार्यकालमा  बैंकको वित्तीय अवस्थामा निकै सुधार ल्याउन सफल हुनुभएको थियो।

स्मरणिय छ, राष्ट्रिय वाणिज्य बैंक हाल मुलुकको सबैभन्दा बढी नाफा कमाउने बैंक हो।

 


ताजा खबर