“बुबा, मेरो जीवनका जीवित ईश्वर”

~शोभा सिलवाल/ पाण्डेय

पसिना बगाई हुर्कायौ मलाई , काखैमा खेलाई
आफू त कति भोकै नै बस्यौ,सन्तानलाई खुवाई ।
काँडाको बाटो पन्छाईआफैँ ,बाटो यो बनायौ
अँध्यारो मेटी जीवन मेरो ,बत्ती झैँ जगायौ।
आफू त बस्यौ पुराना ओढी,कपडा मलाई
पसिना बेची दिलाई ज्ञान,मान्छे नै बनाई ।
आँसुका धारा छातीमा लुकाई ,ओठमा हाँसो  छ
बुबाको माया सम्झिने मन , कति छ कति छ?
काँधैमा राखी घुमायौ मलाई , मेला र पातमा
ताते नै सिकाई औँँला यो समाई ,काखैमा रातमा ।
संसार जित्ने आड र विश्वास, हजुरले दिनुहुन्छ
जति नै दुःख पिरै परे नि ,जीवन हाँस्दछ ।
पहरा जस्तै बनेर सधैँ, छायाँ यो बनेको
ऋण यो तिर्न  सक्दिनँ  मैले ,जीवनै भरको ।
छातीमा राख्ने ममता मीठो ,अँगालो मारेको
कहिल्यै  भुल्न सक्दिनँ बुबा ,माया त्यो गरेको ।
जिउँदो ईश्वर हजुर नै मेरो ,सम्झन्छु मनमा
सधैं  नै छाओस् खुसी र शान्ति ,बुबाको जीवनमा ।
पाउमा शिर राखेर आज , गर्दछु वन्दना
शिरमा रहोस् आशिषको हात ,
यही छ कामना ,यही छ कामना।
धन्यवाद !

ताजा खबर