भारतले नेपाललाई दियाे ३० हजार पिसिआर टेस्ट किट

नेपाललाई भारतले ३० हजार पिसिआर टेस्ट किट प्रदान गरेको छ।

हिजो एक कार्यक्रमकाबीच भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई भारत सरकारमार्फत प्राप्त माइल्याब पुनेले उत्पादन गरेको ‘प्याथोडिटेक्ट क्वालिटेटिभ आरटी पिसिआर टेस्ट किट’ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभयो ।

भारत सरकारलाई धन्यवाद दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस परिक्षणका लागि यी स्वास्थ्य परिक्षण किट उपयोगी हुने  बताएउनु भयो।

भारत आफै कोरोनासँग जुधिरहेका बेला नेपाललाई यो राहत सामग्री प्रदान गर्नुले दुई देशबीचको सम्वन्ध प्रगाढ रहेको उहँले जिकीर गर्नुभयो।

त्यस्तै नेपालका लागि भारतीय राजदूत क्वात्राले कोरोनाविरुद्ध एकजुट भएर लड्नुपर्ने भएकनले नेपालकालागि हरतरहले सहयोग गर्न भारत तयार रहेको बताउनुभएको थियो ।

उहाँले सार्क नेताहरुको भिडियो कन्फ्रेन्समा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिवद्धता अनुसार कोभिड-१९ बिरुद्धको लडाईँमा भारतले सार्क मित्रराष्टलाई हरतरहले सहयोग गरिरहेको र नेपाली जनता र स्वास्थ्यकर्मीका लागि यो शंकटसँग जुध्न अर्थपूर्ण हुने बताउनुभयो ।

यस अघि पनि भारतले कोरोना संक्रमितको उपचारमा प्रयोगहुने २३ टन अत्यावश्यक औषधि सहयोग स्वरुप उपलब्ध गराएको थियो ।


ताजा खबर