कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने । संक्रमितको संख्या ५४ लाखको हाराहारीमा पुगेको छ ।
वल्डोमिटरर्सका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार १ सय ८३ जनाको कोरोना भाइरसबाट निधन भएको छ भने एक लाखको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । त्यस्तै उपचार गराइराखेका ५३ हजार ५ सय ६२ जनाको अवस्था सिकिस्त छ भने २८ लाख ९ हजारको अवस्था सामान्य छ ।
सबैभन्दा बढी प्रभावित भएको संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ३६ जनाको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९८ हजार ६८३ पुगेको छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ६ सय ७५ कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना नयाँ संक्रमित थपिएका छन् भने देशभर कोरोना संक्रमित हुनेको संख्या ५ सय ८४ जना पुगेको छ । त्यस्तै हिजो १० जना डिस्चार्ज भएर घर फर्किएका छन् । अहिलसम्म ८९ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यस्तै संक्रमितहरुको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । रासस / बीबीसी