प्रधानमन्त्रीद्वारा कोरोनाभाइरसको असर, लकडाउन लगायतका विषयमा विज्ञहरुसँग परामर्श

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा बन्दाबन्दीका अवस्थामा आर्थिक र सामाजिक गतिविधिलाई सहज बनाउने विषयमा आज विज्ञहरुसँग परामर्श गर्नुभएको छ ।

Image

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्यमन्त्रीसहित उच्च अधिकारीहरुका साथै अर्थ र स्वास्थ्य क्षेत्रसँग सम्वन्धित विज्ञ तथा सामाजिक अभियानकर्मीहरु सहभागी रहनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

Image

यही जेठ ३२ गतेसम्म लकडाउन अर्थात बन्दाबन्दी थपिएपछि प्रधानमन्त्रीले विज्ञहरुसंग परामर्श गर्नुभएको हो । आर्थिक र सामाजिक गतिविधिलाई क्रमशः सञ्चालन गराउनुपर्ने दबाब पनि सरकारलाई बढेको छ ।

 

यहीबीचमा भारतलगायत तेस्रो मुलुकमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउने तयारी पनि सरकारले शुरु गरिसेकेको छ । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्या बढ्दै जान थालेको अवस्थामा सीमित स्रोतसाधनमा उपचार र सचेतनाका लागि अपनाउनुपर्ने थप रणनीतिका विषयमा पनि विज्ञले सुझाव दिनुभएको बुझिएको छ ।


ताजा खबर