आजको‌ त के कुरा गर्नु

  • ज्वाला ढकाल

आमाको घाँटि रेटिदा पनि

सिमाका रेखा मेटिदापनि

जोगाउन सकेका छैनन्

पहिरो तिनै तिरबाट झरिरहेछ

भुक्षयलाई रोक्न सकेका छैनन्

ऐठन भएर आयो

लौ सम्झेरै झसङ्ग भएछु

नराम्रो सपना झै लायो

खै कस्को देश यो

प्रश्न मनमा पो आयो

बीरहरुको रगतले सिंचेको या

सतिले सरापेको देश

बुद्ध शान्ति र सगरमाथाको देश या

भ्रष्ट र लुटेराहरुको देश

कठै मेरो देश

बीरहरु इतिहासकै पानामा सिमित रहे

नौजवान कहलाउदा आजका

लुटिदा पनि अस्मिता चेलीका

रमितेनै बनिरहे।।

पुर्खाको पसिनाले फुलाएको फलाएको मेरो देश

आजको‌ त के कुरा गर्नु

छिमेकिले धोति आमाको च्यातिदिदा पनि

टुलुटुलु बसेरै हेरिरहे ।।

भावना देश प्रेमको आज

केबल भनाइ र तस्बिरमा कैद भएछ

भेटिदैन खोजेर यहाँ

न्याय मरेर गएछ ।।

कोरोनाले सिकिस्त छ विश्व

अछुतो मेरो देश पनि रहेन

जो छन् युद्ध का अग्रपंक्तिमा

सुरक्षा तिनकै भएन ।।


ताजा खबर