महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएको छ। ब्राजिल र जापानले छोडेपछि कोलम्बिया कि अष्ट्रेलिया र न्यूजिल्याण्डमा प्रतियोगिता गर्ने भन्ने मतदान भएको थियो।
मतदानमा कोलम्बियाको पक्षमा ३५ मध्ये १३ मात्रै परेपछि अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिता गर्न पाएका हुन्। प्रतियोगिता जुलाई-अगष्ट २०२३ मा हुनेछ।
प्रतियोगिता अष्ट्रेलियाको आठ र न्यूजिल्याण्डको पाँच स्टेडियममा हुनेछन्। यस पटकबाट भने विश्वकपमा ३२ टीम बीच प्रतिश्पर्धा हुने भएको छ। गएको वर्ष फ्रान्समा भएको प्रतियोगितामा २४ टीम थिए।
प्रतियोगिता हुने अष्ट्रेलियाका आठ स्टेडियम
- स्टेडियम अस्ट्रेलिया, सिड्नी
- सिड्नी फुटबल स्टेडियम
- मेलबर्न रेक्ट्याङ्गुलर, स्टेडियम
- ब्रिसबर्न स्टेडियम
- पर्थ रेक्ट्याङ्गुलर स्टेडियम
- हिन्दमार्श स्टेडियम
- न्यूकास्टल स्टेडियम
- योर्क पार्क, लुनसेस्टोन
न्यूजिल्याण्डका पाँच स्टेडियम
- इडेन पार्क
- विलिङटन स्टेडियम
- क्रिस्टमर्च स्टेडियम
- वाइकाटो स्टेडियम
- डुनेडिन स्टेडियम