गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर ननिस्किन सर्वसाधारणहरुमा आग्रह गरेको छ ।
कारोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सतर्कताका लागि जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने गरि देशका ७७ वटै जिल्ला प्रशाशन कार्यलयलाई परिपत्र गरिसकिएको गृह मन्त्रालयले जनाएको छ ।
घरबाहिर निस्किँदा मास्क नलगाएमा प्रहरीले पक्राउ समेत गर्न सक्ने गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो ।