चलचित्र ‘बुलबुल’ ले इनास अवार्डमा उत्कृष्ट चलचित्रको उपाधि हात पारेको छ । विदेशमा रहेका कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) मा उक्त अवार्ड जितेको हो ।
सोमबार राजधानीमा भएको अवार्ड वितरण समारोहमा चलचित्र ‘बुलबुल’ ले उत्कृष्ट चलचित्रसहित ३ वटा विधामा उपाधि जित्यो भने चलचित्र ‘गोपी’ले बेस्ट जुरी अवार्ड जित्यो ।
‘बुलबुल’ बाट निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड जिते । यस्तै सोही चलचित्रबाट नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् ।
यस्तै चलचित्र ‘प्रसाद’ बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । ११ विधामा अवार्ड वितरण गरिएको थियो ।
यस्तै चलचित्र ‘गोपी’ बाट निर्देशक दीपेन्द्र लामालाई र दीपाश्री निरौलालाई ‘छक्का पञ्जा ३’ बाट जुरी अवार्ड दिइयो । अवार्ड समारोहमा संगीत रञ्जित गजमेरलाई ‘लाइफटाइम एचिभमेन्ट’ प्रदान गरियो ।
पूरा सूची यस्तो छः
१. उत्कृष्ट चलचित्र
बुलबुल
२. उत्कृष्ट निर्देशक
विनोद पौडेल – बुलबुल
३. उत्कृष्ट अभिनेता
विपिन कार्की – प्रसाद
४. उत्कृष्ट अभिनेत्री
स्वस्तीमा खड्का – बुलबुल
५. उत्कृष्ट लेखन
सुशील पौडेल – प्रसाद
६. उत्कृष्ट सम्पादन
निमेष श्रेष्ठ – साइँली
७. उत्कृष्ट छायांकन
पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३
८. संगीत
दिपक शर्मा – छक्का पञ्जा ३ – पहिलो नम्बरमा
९. गायन (पुरुष)
प्रताप दाश – रोज – फुल होइन काँडा
१०. गायन (महिला)
प्रविशा अधिकारी – रोज – फूल होइन काँडा
११. नृत्य निर्देशन
कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न