नदीहरुको जलसतह खतरा नजिक : उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध

आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण देशभरका नदीको जलसतह बढेको छ। आज र भोलि प्रमुख तथा सहायक नदीहरुमा जलसतह खतराको आसपास आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

५ र ६ साउनमा (आज र भोलि) कन्काई, कोशी, कमला, बागमती, नारायणी, बबई र पश्चिम राप्ती लगायत नदीमा बाढीको उच्च जोखिम छ। यसबाहेक प्रदेश १, २ बागमती र गण्डकीका सहायक ननदी तथा खोलाहरुमा पनि आकस्मिक बाढी आउनेछ।

कर्णाली र सुदूरपश्चिम भएर बग्ने नदीहरुमा भने मध्यम बाढीको सम्भावना भएको महाशाखाले जनाएको छ। ती नदीमा भने जलसतह सतर्कता विन्दु आसपास पुग्नेछ।

आज र भोलि देशका अधिकांश नदीमा जलसतह खतरा आसपास हुने
२४ घन्टाको वर्षा जनाउने चित्र। रातो रङ जोखिम र पहेँलो रङ सतर्कता विन्दु पार।

महाशाखाले आज नारायणी नदीमा बाढीको उच्च जोखिम भएको जनाएको छ। यी सबै नदी तटीय क्षेत्र र आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

६ साउनमा कन्काई, कमला, बागमती, पश्चिम राप्ती, तिनाउ, मोहना लगायत नदी र सहायक नदीमा जलसतह खतराको विन्दु आसपास पुग्नेछ।

२४ घन्टाको वर्षा जनाउने चित्र। रातो रङ जोखिम र पहेँलो रङ सतर्कता विन्दु पार।

श्रोतः मौसम पूर्वानुमान महाशाखा


ताजा खबर