बार्सिलोना र रियलबीचको एल क्लासिको खेल स्थगित

स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीच तय गरेको एल क्लासिको खेल स्थगित गरेको छ ।

क्याटलोनियामा भएको प्रदर्शनलाई लिएर असुरक्षाको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गरिएको हो । क्याटलोनियायमा केही दिन यता आन्दोलनकारी र सुरक्षा निकायबीच झडप हुँदै आएको छ ।

खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ तारिखका लागि तय गरिएको थियो ।

स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले सो प्रस्तावलाई अस्वीकार गरेको थिए ।

स्थगित खेलका विषयमा आगामी सोमबार छलफल हुने र खेल कहिले हुने भन्ने सोही दिन टुंगो लाग्ने ला लिगाले जनाएको छ । स्थगित खेल डिसेम्बर १८ मा खेलाउन नयाँ मिति प्रस्ताव गरिएको छ ।


ताजा खबर