आशा भोस्ले र रञ्जित गजमेर काठमाडौंको होटल सोल्टीमा एकसाथ देखिने

१२ पुसमा काठमाडौंको होटल सोल्टीमा रञ्जित र आशाको सांगीतिक कार्यक्रम हुने भएकाे छ।

रञ्जित गजमेरको संगीतमा भारतीय गायिका आशा भोस्लेले थुप्रै नेपाली चलचित्रका गीतहरू गाएकी छन्।

अहिले पनि आशाका गीतहरू नेपाली सांगीतिक जगतमा उत्तिकै लोकप्रिय छन्। तर, नेपाली दर्शकले कुनै समयको यो हिट जोडीलाई एकै मञ्चमा देखेका थिएनन्।

चाँडै नै नेपाली सांगीतिक जगतका यी दुई हस्ती एउटै स्टेजमा प्रस्तुत हुने भएका छन्।

साधना कला केन्द्रको आयोजनामा १२ पुसमा काठमाडौंको होटल सोल्टीमा रञ्जित र आशाको सांगीतिक कार्यक्रम हुने केन्द्रका संस्थापक मिलन मोक्तानले जानकारी दिए।

हालै मोक्तान भारतमा आशाको घरमै पुगी कार्यक्रम गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

कार्यक्रममा आशाले रञ्जितका संगीतमा गाएका गीतहरू गाउने छिन्।

मिलनका अनुसार कार्यक्रममा आशाका छोरा, बुहारी र नातिनी पनि नेपाल आउनेछन्।

आशाले रञ्जितको संगीतमा चलचित्रहरू ‘मितज्यू’, ‘चट्याङ’, ‘पुकार’, ‘देउता’, ‘सपना’, ‘सम्पत्ति’, ‘चिनो’, ‘मायालु’, ‘लाहुरे’, ‘कोशेली’, ‘साइनो’, ‘सम्झना’ र ‘बासुरी’ मा गीत गाएकी छन्।


ताजा खबर