~ शोभा सिलवाल पाण्डे
मेरो देशमा हेर आज जे गरेपनि छुट छ ।
बजार व्यवस्था अनुगमन नहुदा जताततै लूट छ।।
विगमाट र भाटभटेनीकाे चर्तीकला कसले बुझ्ने ।
पाइला पिच्छे मुल्य एउटा देखाइ,बिल अर्कै काटि लुट्ने।।
१४ सयकाे बिल टाँसि १६ सयकाे बिल काट्ने।
विगमार्ट र भाटभटेनीले कतिलाई ढाट्ने ।।
अदुवा किनेकालाई लसुनकाे मुल्य लिएर ।
मनोमानी गरेका छौ ग्राहक दु:ख दिएर ।।
मुल्यको सहि व्यवस्थापन नहुदा पसल पिच्छे भाउ छ ।
कसो गरि चाडैं धनी बनौं भन्ने व्यापारीलाई दाउ छ ।।
१० वाटा पसल जाँदा १० थरिका मुल्य ।
बिचरा गरिब जनता जसरी पनि बाचिरहेछ धन्य ।।
मनोमानी सरकारले पनि मुल्य वृद्धि गरेको छ ।
दु:खि पिडित जनताकाे चुल्हो हेर निभेको छ ।।
१० महिना भयो थाल थाप्दै टुँडिखेल गाकाे ।
पशुपति र गाैशलामा जनताले भात खाकाे ।।
त्यही भात पनि काठमाडौंका मेयरले हटाइदिए ।
लाज भयाे रे उनलाई दयालु लाई पठाइदिए ।।
धन्य मेरि नेपालआमा यहाँ जसलाई जे गरेपनी छुट छ।
असहाय र निर्बल मन यहाँ कति टुट्छ ।।
व्यापारीले कर छली सामान भित्र्याएको छ ।
गिट्टी कुट्ने र ठेलावाला लाई सरकारले गिज्याएको छ ।।
१५ हजार लिटरकाे पानी खाने नेताले ।
सोझा जनता मरेका छन् पिर व्याथाले ।।