मुकुन्दप्रसाद दहाल
कुरुक्षेत्रको युद्ध समाप्त भई सकेपछि हस्तीनापुरको राजगद्दीमा युधिष्ठिर विराजमान भए । त्यो समय महाराज युधिष्ठिरकहाँ अश्वमेध यज्ञ हुदै थियो । त्यहा सारा भारत वर्षका राजा महाराजाहरु जम्मा भएका थिए ।
यज्ञ धुमधामले सुरु भयो । त्यहा ब्राह्मण, दीन–दुखि, दरिद्रले जति चाहन्छन् दान दिनु भन्ने उर्दि थियो । हस्तीनापुरका सबै दु:खि दरिद्र, ब्राह्मण आदीले दान पाउने भनि कुना कन्दरा सम्म खवर गरिएको थियो । त्यसै कारणले महाराज युधिष्ठिरको यज्ञशालामा ठूलै भिड जम्मा भएको थियो । जात–जाती र वर्णको कुनै भेदभाव थिएन । शास्त्रोक्त रीतिबाट यज्ञ सम्पन्न हुने चरणमा थियो ।
यज्ञको अन्तिम दिन अचानक एउटा बडेमानको न्याउरिमुसो यज्ञशालाको विचमा आएर उभियो र बडो निर्भीकताका साथ उपस्थित मानिसहरुतर्फ हेरेर खित्का छोडेर हाँस्न थाल्यो । एउटा सामान्य न्याउरीमुसालाई यसरी मान्छे जस्तो गरि हाँसेको देख्दा यज्ञ गराइरहेका ब्राह्मणहरुको मनमा डरलागे जस्तो भयो । उनीहअरु सशंकित भए, कतै हाम्रो यज्ञमा विघ्न पार्न कोइ भूत, प्रेत, पिशाच त आएको होइन भन्न लागे ।
यज्ञ मण्डपमा उपस्थित मानिसहरु पनि अचम्म मानेर न्याउरीमुसालाई हेर्न थाले । त्यस न्याउरी मुसाको अनौठो रुप थियो, शरिर सबै सुनको थियो र आधा शरिर साधारण न्याउरी मुसाको जस्तो । यस्तो अदभूत न्याउरी मुसाले देश देशावरबाट आएका राज महाराजा र विद्ववान ब्राह्मणहरु तर्फ हेरेर निसंकोच भन्न लाग्यो– महामान्य सज्जन बृन्द हामीले कुनै ठूलो यज्ञ सम्पन्न गर्यौ भनेर खुसिले तृप्त हुनुभएको होला, तर त्यो यहाँहरुको भूल मात्र हो भनेर बुझ्नु पर्ला ! यस अघि एकपटक एउटा महान यज्ञ भइसकेको छ ।
कुरु क्षेत्रमा बस्ने एउटा गरिव ब्राह्मणले केवल एक सेर पिठो अतिथिलाई दान दिएको थियो । तर तपाईहरुद्वारा यस यज्ञमा दिइएको अपार दानलाई त्यस गरीव ब्राह्मणद्वारा भएको एक सेर पिठोको दान सँग बरावरि गर्न सकिन्न । त्यसकारण हे उपस्थित सज्जनगण म तपाईहरुलाई सचेत गर्न आएको हुँ । के भने तपाइहरुले यस यज्ञको र यस्मा दिइएको दानको मनमा गर्व नगर्नुहोला ।
न्याउरी मुसाले यस प्रकार कुरा गरेको देखेर यज्ञ मण्डपमा भएका सबै मानिसहरु अश्चर्य चकित भए । र आयोजक ब्राह्मणहरुले त्यस न्याउरी सँग सोधे– हे नकुल, तिमी को हौ र हाम्रो यज्ञशालामा कहाँबाट आयौ ,यस्तो महायज्ञलाई के आधारमा होच्याउने प्रयास गरिरहेका छौ ? यो अश्वमेध यज्ञ शास्त्र अनुसार सम्पूर्ण सामग्री र विधिविधानद्वारा सम्पन्न गरिएको छ । तिमी कुन किसिमको दोष दिदै छौ ? यज्ञमा उपस्थित सम्पूर्णको उचित सेवा सम्मान भएको छ । इच्छा अनुसार सबैले दान पाएका छन् । दानबाट सबै सन्तुष्ट भएका छन् । मन्त्र पाठमा पनि कुनै ऋटी भएको छैन । र अग्नीमा आहुति पनि सहि रुपमा दिइएको छ । चारै वर्णका मानिसहरु सन्तुष्ट छन् । के कारण हो तिमीले दोषयुक्त छ भन्ने ? हाम्रो चित्तबुझ्ने गरि भन । सुनिसकेपछि न्याउरी पुन खित्का छाडेर हाँस्न थाल्यो र भन्यो हे प्रिय गण ! यहाँहरुसँग र महाराज युधिष्ठीर सँग समेत मेरो कुनै इर्ष्या भाव छैन । मैले भनेका सबै कुरा ठिक छन् । तैपनि म विषेश नै जोड दिएर भन्छु कि यस यज्ञमा तपाइहरुले गर्नु भएको धुमधाम खर्च त्यो कुरु क्षेत्रवाला ब्राह्मणले दिएको दानको समान कदापि हुन सक्दैन । दानवीरमा त उनै दिग्गज थिए । उनले गरेको दानको पुन्यको फलस्वरुप उनलाई आफ्नी पत्नि पुत्र र बुहारीका साथ विमानमा चढेर स्वर्ग जादै गरेको आफ्नै आँखाले देखेको थिए । तपाइहरुलाई उसको सबै हाल सुनाउनछु ।
महाभारत युद्ध हुनुभन्दा पूर्व, कुरुक्षेत्रमा एकजना ब्राह्मण बस्थे खेतमा छरिएका अन्न तथा गेडागुडि लाई टिपेर उनी आफ्नो जिविका चलाउँथे । ब्राह्मण, पत्नि पुत्र, र बुहारी चारै जना यहि काम गरेर दिनहरु विताउने गर्थे । तिनिहरुको नियम थियो सबैले जम्मा गरेको अन्न मिलाएर तयार गरिएको भोजन बरावर बाडेर खाइ तेश्रो प्रहर विताउने । कुनैदिन अन्न बटुल्न सकिएन भने सबैजना उपवास बस्थे र अर्को दिन पाएमा ठीक समयमा खाने गर्थे ।
एक पटक बर्षा नभएर ठूलो अनिकाल पर्यो सर्वत्र मानिसहरु भोक प्यासले छटपटाउन थाले खेतवारीमा अन्न नउब्जेपछि बाली उठाउने कुरै भएन । बाली नफलेपछि अन्नका दान खेतमा छरिने कसरी र यसै कारण ब्राह्मण र उनका कुटुम्बहरुलाई कयौदिन भोकै बस्नु पर्यो । एकदिन भोकै प्यासै चारैजना घाममा पिल्सीदै टाडाटाडा खोज्दा एक सेर जति जुनेलोका दाना जम्मा गर्न सके । त्यसको पिठो बनाएर यथा विधि पुजापाठ सकेर त्यस पिठोलाई बराबर बाँडेर चारै जना आनन्द सँग खान वसे । यसै बेला एकजनान भोको ब्राह्मण ढोकामा आएर म कयौ दिनको भोको छु, कृपा गरि खान दिनुहोस भन्दै पुकारा गरे । ब्राह्मणले उठेर सम्मान सत्कार गरे उनिहरु सुद्द मनका हुनाले आफू भोकै बसेर पनि अतिथिको सत्कार गर्दै नयाँ अनुभव गरे । जसबाट आफ्नो जीवन सार्थक भयो भन्ने सोचेर उनी गदगद भए । उनीहरुले अतिथलाई सोधे – विप्र–बर ! म गरीव छु । यो पिठो नियमपूर्वक परिश्रम बाट कमाइएको छ । कृपा गरि यसलाई भोजन गर्नुहोस हजुरको कल्याण होस । यति भनेर ब्राह्मणले आफ्नो भागको पिठो अतिथि सामने राखिदिए, अतिथिले त्यो खाए त्यसले उनको भोक मेटिएन । तिनले भन्नत केही भनेनन् तर भोको नजरले ब्राह्मण तिर हेरे । त्यो देखेर उनले बुझे पाहुनालाई सन्तोष भएन । ब्राह्मण चिन्तीत भए । पतिलाई चिन्तीत भएको देखेर पत्निले भनिन– नाथ मेरो भागको पिठो पनि अतिथिलाई ख्वाइ दिनुहवस यदि त्यसबाट उनि सन्तुष्ट भए भने म पनि सन्तुष्ट हुनेछु । तिनले आफ्नो भागको पिठो उनको अगाडी राखिदिइन । तर पतिले भने पत्नीको पालनपोषण गर्नु पतिको कर्तव्य हुदा र पशु पंक्षि माकुरा आदिले त पत्नीको रक्षा र पालन पोषण गर्छन भने म त मानिस भएर आफ्नो सेवा गर्ने पत्नीको भारण पोषण नगरु त मेरो के भलो होला ? प्रिय तिमी भोकी छौ तिम्रो हाड देखिएको छ । शरिहरमा मासु एकजात छैन । यस्तो दशामा तिमीलाई भोकै राखेर म अतिथिको सत्कार गर्न थालौ ? त्यो कार्यले मलाई कुन चाही फल मिल्ने होला ।
यो सुनेर पत्नीले भनिन– नाथ तपाइकी सहधर्मिणी हुँ । धर्म, अर्थ काम, मोक्षय आदीमा तपाई र मेरो समान अधिकार छ । जसरी आफू स्वयं मोकै बसेर अतिथी लाई आफ्नो भाग पिठो खुवाउनु भयो सोही किसिमबाट कृपा गरेर मेरो भाग पिठो ख्वाइदिनुहवस् । मेरो यो प्रार्थना स्वीकार गरिदिनु हवस् । पत्नीले यसरी प्रार्थना गरेपछि पतिले उनको भाग पिठो पनि पाहुनालाई ख्वाइदिए । त्यो खाएर पनि अतिथिको पेट भरिएन । ब्राह्मण झनै उदास भए । पिताको त्यो हाल देखदेर ब्राह्मण पुत्रले – पिताजी ! यो मेरो भाग पिठो लिनुहोस र अतिथिलाई ख्वाइदिनुहवस । छोराको कुरा सुनेर पिताले दु:खित हुदै बाबु उमेरमा जो बृद्ध हुन्छ तिनिहरु भोक खप्न सक्छन् । जवानहरुको भोक बडो तेज हुन्छ । त्यसैले तिम्रो भाग अतिथिलाई खुवाउन मेरो मनले पटक्कै मान्दैन । तर छोराले मानेन र अनुरोध साथ भने पिजाजी ! पिता बृद्ध भएपछि उनको रक्षा गर्नु पुत्रको नै मुख्य काम हो । पिता, पुत्रको अथित्व समान हो । आखिर पुत्रनै पिता बन्छ । त्यसैले मेरो भाग पिठो पनि तपाइको नै हो । तपाइले मेरो भाग स्वीकार गर्नुहवस र आधार भोकाएका अतिथिलाई सन्तुष्ट पार्नुहोस् ।
पिताले हर्ष पूर्वक भने–पुत्र धन्य छ तिमीलाई । तिम्रो शिल, इन्द्रीय दमन आदीमा मलाई गर्व हुन सक्छ, तिम्रो कल्याण हवोस । तिम्रो भागको पिठो पनि म स्वीकार गर्छु । यति भनेर ब्राह्हणले पुत्रको भागको पिठो पनि अतिथिलाई ख्वाइदिए ।
तर त्यसले पनि अतिथी संतुष्ट भएनन, । उनको मुखमा सन्तोष गर्ने झलक देखिएन । त्यो हाल देखेर ब्राह्मण सारै लज्जीत भएर बसिरहे । त्यहो हाल देखेर बुहारीले भनिन–पिजाजी, म पनि मेरो भाग अतिथ देवका निमित्त दिन्छु । लिनुहवस, अतिथिलाई ख्वाई दिनुहोस । तपाइको आर्शिर्वादले मेरो स्थायी कल्याण हुनेछ । बुहारीको कुरा सनुनेर ब्राह्मणले भने छोरी अहिले तिमी सानै छौ । दु:ख कष्ट सहदा सहदा तिम्रो रंग पनि पहेलो भैसकेको छ । सारै दुव्ली भइसकेकी छौ । तिम्रो मुखको गाँस नै अतिथिलाई ख्वाइदिए भने त म धर्मलाई नास गर्नेवाला सावित हुनेछु । तिमीले भोकै छटपटाएको म कसरी हेर्न सक्छु ।
फेरी पुत्र बधुले आग्रह गरेर भनिन–पिजाजी तपाई मेरो पतिको पनि पिता हुनुहुन्छ । मेरो यो शरिर तपाइको सेवा निमित्त नै हो । तपाइले मेरो भाग पिठो लिएर मलाई सद्गति प्राप्त गर्न योग्य बनाइदिनुहोस । बुहारिको कुरा सुनेर ब्राह्मणको हर्षको सिमा रहेन । मुक्त कष्ठले बुहारीलाई आर्शिवाद दिदै भने – शुशिला छोरी ! पतिको इच्छा बमोजीम हिड्नेवाली सती ! तिमीलाई सम्पूर्ण सौभाग्य प्राप्त हवस ।
बुहारीको भागको पिठो पनि अतिथिको अगाडी राखि दिइयो । त्यस लाई खाएर अतिथि तृप्त भए र ज्यादै प्रसन्न भएर भने तपाइले आफ्नो शक्तीको अनुकुल पवित्र हृदयबाट जो दान गर्नु भयो त्यसलाई पाएर म बहुतै सन्तुष्ट भए । तपाइले दिएको दान अद्भूत छ । निराला छ । उता हेर्नुहवस, देवताहरु पनि फूल बर्षा रहेछन् । देवर्षि गण, देवता गण आदी तपाइको दर्शनका निमित्त आफ्ना अनुचरहरुका साथ विमानहरुमा बसेर आकाशमा भेला भैरहेछन् । तपाइ आफ्नु पत्नि पुत्र र बुहारी समेत अहिले स्वर्ग जानुहुनेछ ।
तपाइले जो दान दिनुभयो त्यसबाट तपाइलाई मात्र होइन आफ्ना पूर्वजनहरुलाई समेत स्वर्गवासको भाग्य प्राप्त हुनेछ । भोकबाट विवेक नास हुन्न र धार्मीकता विचार लोप हुदै गईरहेको कुरा प्राय: देखिएको छ । वडा–वडा ज्ञानीहरु पनि भोकले गर्दा अस्थिर हुन जान्छन, धैर्य गुमाउँछन् । तपाइले भोकै बसेर पनि पुत्र प्रेमलाई भन्दा धर्मलाई नै धेरै ठान्नुभयो ।
सयकडौ राजसुय यज्ञ अश्वमेध यज्ञ पनि तपाइको यस दानको बरावरी गर्न सक्ने छैनन् । तपाइको दान ति दान भन्दा कयौ बढेको छ । हेर्नुहोस । तपाईको निमित्त दैवी विमान तयार भएर बसेको छ । हिड्नुहवस स्वर्ग जानु हवस् यति भनेर विष्णुरुप अतिथि देव अन्तरध्यान भए ।
छरिएको अन्नको बृत्ति गर्ने ब्राह्मणको यो हाल सुनाएर न्याउरीले भन्यो–विप्र गण ! ती ब्राह्मणले दान दिएको जुनेलोको पिठोको सुवास सुग्दा–सुग्दा मेरो सिर सुनौलो बन्यो । यसपछि जहाँ पीठो पस्किएको थियो, त्यस स्थानमा म खुव लुटपुटिएँ । पिठोको जो कण त्यहाँ छरिएको थियो ती लाग्नाका कारण शरिरको आधा भाग सुनौलो भएर जगमगायो ।
यसपछि शरिरको बाँकी भाग पनि स्वर्गमय भइदिए कस्तो राम्रो होला भन्ने अभिलाषा म मा आयो । यसै अभिलाषाबाट म तपोवनहरु र यज्ञशाला आदीको धुलोमा लुटपुटिदै रहे । यतिकैमा मैले यसस्वी धर्मराजले महायज्ञ गर्नुभएको छ भन्ने सुने । सुन्नासाथ बहुतै खुशि हुदै यहाँ दौडीएर आएँ । यहाँ मेरो शरिर पनि सुनौलो बन्ला भन्ने आसा थियो तर मेरो आसा पूर्ण भएन ।
त्यसैले म दावि साथ भन्न सक्छु तपाइहरुको यो महान यज्ञले त्यस ब्राह्मणको सेर भर पीठोको दान वरावरि गर्न सक्दैन त्यो पिठोको दान नै ठूलो दान हो ।
२०७९ साउन १२ गतेको सफल नेपाल साप्ताहिक बाट