~शोभा पाण्डेय सिलवाल
घुमिफिरी असी गयो एकासी साल आयोसब जनामा नयाँ जोश उमङ्गले छायो ।बिघ्न बाधा हटी जाओस् पुरानोका सबैहातेमालो गर्दै अघि बढौँ नयाँ सालमा लहै ।एक अर्काको हृदयमा सद्भावना छाओस्हत्या हिँसा कुसंस्कारको जालो तोडी जाओस् ।वसन्त बहार जस्तो बनोस् नयाँ वर्षतीन कोटी नेपालीमा छाओस् सदा हर्ष ।उद्देश्य र नियत सबको निर्मल नै बनून्तेत्तीस कोटी देवताले सबको रक्षा गरून् ।मनको चाह पूरा होओस् दिँदा नसकियोस्फलको आशा नगरियोस् कर्म सबले गरोस् ।मन सबको शान्त रहोस् यो एकासी सालमातुफानलाई झेल्ने शक्ति मिलोस् जीवनमा ।फूल जस्तै फुल्न सकोस् जीवन नेपालीकोसुवास बनी छर्न सकून् वासना सुगन्धको ।पाइला सदा अघि बढून् सगरमाथा चुम्नकुरीति र कुसंस्कारलाई उखेलेर फाल्न ।वसन्त ऋतुमा फूल फुल्यो जमुनाएकासी सालको छ शुभकामना ।