मोदी सरकारको प्राथमिकता विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षा

मोदी ३.० नामले परिचित प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारले भारतलाई प्रतिस्पर्धी अर्थतन्त्रका रूपमा स्थापित गर्न विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षामा महत्त्वपूर्ण प्रगतिलाई प्राथमिकता दिएको  छ ।

आफ्नो पहिलो एक सय दिनमा मोदी ३.० सरकारले करिब १५ लाख करोड (भारतीय रुपैयाँ) को परियोजनाहरू सुरु गरेको छ । यसमा विज्ञान, प्रविधि, ऊर्जा र सुरक्षाका क्षेत्रमा भएका प्रमुख विकासहरू समावेश छन् ।

मुख्य पहलहरूमा अन्तरिक्ष स्टार्टअपका लागि रु एक हजार करोडको उद्यम पूँजी कोषको स्थापना, अगस्ट १६ मा एसएसएलभी–डी३ मा इओएस–०८ उपग्रहको सफल प्रक्षेपण, ५० हजार करोड रूपैयाँको विनियोजनमा राष्ट्रिय अनुसन्धान कोषको स्थापना र १० हजार पाँच सय करोडबाट ‘विज्ञान धार’ योजनाको सुरुआत समावेश छन् ।

यसबाहेक गुजरातको सानन्दमा तीन हजार तीन सय करोड रुपैयाँको लगानीमा अर्धचालक एकाइ ९सेमीकन्डक्टर युनिट० स्थापना गरिनेछ । यसको उत्पादन क्षमता प्रतिदिन ६० लाख चिप्स हुनेछ ।

प्राविधिक प्रगतिहरूले स्वदेशी अर्धचालक सुविधाहरूको स्थापनासँगै देशलाई दोस्रो ठूलो मोबाइल उत्पादक बनाएको छ । साथै विपद् व्यवस्थापनका लागि राष्ट्रिय डाटाबेस र ग्रामीण भूमि अभिलेखका लागि भुवन पञ्चायत पोर्टल सिर्जना गरिएको छ ।

ऊर्जा र सुरक्षाको क्षेत्रमा प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले उत्तरपूर्वी क्षेत्रमा जलविद्युत् परियोजनाहरूलाई स्वीकृति दिएको छ ।

मोदी–सरकारले वृक्षरोपण र वातावरणीय पुनःस्थापनाका लािग हरित ऋण कार्यक्रम पनि ल्याएको छ । मोदीले जुन ९ मा राष्ट्रपति भवनमा तेस्रो कार्यकालको लागि प्रधानमन्त्रीको रूपमा शपथ लिनुभएको थियो । रासस/ एएनआई


ताजा खबर