चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीबीच आज चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल-चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषय र संसदीय मामिलाका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसअघि आजै प्रधानमन्त्री ओलीले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नुभएको थियो ।
यसैगरी, आजै प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री लि छ्याङ नेतृत्वको प्रमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेको थियो ।
प्रधानमन्त्री लीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय भ्रमणका क्रममा प्रधानमन्त्री ओली हिजो चीन जानुभएको हो ।