थप १८९ जनामा कोरोना संक्रमण पुष्टी : नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो

आज थप एक सय ८९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएसँगै नेपालमा कुल संक्रमितको संख्या एक हजार चार सय एक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक् सय ८५ जना पुरुष तथा चार जना महिलामा संक्रमण पुुष्टि भएको जानकारी दिनुुभयो ।

प्रवक्ता डा.देवकोटाले कोशी अस्पतालमा गरिएको परीक्षणमा संखुवासभाका दुई जना, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका नौ जना, नारायणी अस्पताल विरगन्जमा बाराका एक जना र पर्साका दुई जना गरी जम्मा तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका तीन जना र दाङका पाँच जना गरी जम्मा आठ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका सात जना, झपाका एक जना, कपिलवस्तुका ७७ जना, ललितपूरका एक जना, महोत्तरीका चार जना, रौतहटका छ जना, सर्लाहीका १७ जना र सिराहाका ११ जना गरी जम्मा एक सय २४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.देवकोटाका अनुसार हालसम्म नेपालको ५३ जिल्लाका एक हजार दुई सय ८८ जना पुरुष र एक सय १३ जना महिलामा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।

यसैगरी आज थप १३ जना उपचारपछि निको भई डिस्चार्ज भएसंगै हालसम्म कूल दुई सय १९ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

आज टेकु अस्पतालबाट दुई जना र युनिफाईट कोभिड–१९ अस्पताल बलम्बुबाट ११ जना उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म एक सय ७२ जना पुरुष र ४७ जना महिला कोरोना भाईरसको उपचार पछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।


ताजा खबर