नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो : एकै दिन २८८ जनामा संक्रमण भेटियो

पछिल्लो २४ घण्टामा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिनुभयो ।

डा.देवकोटाका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो।  आज थपिएका २८८ सहित नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको छ। संक्रमण देखिएकामध्ये १९४९  जना पुरुष रहेका छन् भने  १५० जना महिला रहेका छन्।

नेपालमा संक्रमितमध्ये २६६ जना उपचारपछि निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ।


ताजा खबर