नेपालमा थप २५० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ४६१४ पुग्यो

नेपालमा थप २५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो।

हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको र आज थपिएका २५० सहित नेपालमा संक्रमितको कुल संख्या ४ हजार ६ सय १४ पुगेको पनि प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो।

नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन् भने पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन्।


ताजा खबर