इंग्लिस प्रिमियर लिगको यो सिजन आज सकिदै

इंग्लिस प्रिमियर लिगको यो सिजन आज सकिदैछ । जसमा आज प्रिमियर लिगका अन्तिम चरणका खेलहरु हुँदैछन । लिगको उपाधि लिभरपुलले उचालिसकेको भएपछि शिर्ष चारमा स्थान बनाउनका लागि तीन क्लवको निकै प्रतिस्पर्धा रहेको छ । जुन अन्तिम दिनको नतिजाले देखाउने छ ।

आज राति हुने सबै १० वटा खेलहरु पौने नौ बजेबाट सुरु हुनेछन । जसमा लिभरपुलले न्यूक्यासल युनाइटेडसँग खेल्नेछ भने आर्सनलले वाटफोर्ड, चेल्सीले उल्भरह्याम्टन टोटनह्यामले क्रिस्टल प्यालेस, लेस्टर सिटीले म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटीले नोर्विचसँग प्रतिस्पर्धा गर्नेछन ।

प्रिमियर लिगका १० खेलमा सबैको नजर लेस्टर र युनाइटेड, चेल्सी र उल्भ्सको खेलमा हुनेछ । किनकी यी दुई खेलले च्याम्पियन्स लिगमा पुग्ने दुई टिमको टुंगो लगाउनेछ ।

यदि आजको खेलमा लेस्टरविरुद्ध युनाइटेड र उल्भ्सविरुद्ध चेल्सीले बराबरीमात्र खेलेपनि उनीहरुले च्याम्पियन्स लिगमा स्थान बनाउनेछन । तर यदि युनाइटेड बराबरीमा रोकियो र चेल्सी विजयी भयो भने त्यसपछि गोल अन्तर र हेड टु हेडका आधारमा चौथो टिमको टुंगो लाग्नेछ । किनकी गोल अन्तरमा युनाइटेड र लेस्टर बराबरी अवस्थामा रहेका छन ।

यता चेल्सीले हार ब्यहोरेमा र लेस्टर युनाइटेडसँग बराबरी खेलेमा गोल अन्तरका आधारमा लेस्टरले शिर्ष चारमा स्थान बनाउनुपर्नेछ । तर यदि चेल्सीले बराबरी खेलेमा र लेस्टर पराजित भएमा चेल्सीले यो सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनेछ ।

यस्तै अवस्था रेलिगेसन जोनमा रहेका टिममा छ । आजको खेलमा यदि आर्सनलसाग वाटफोर्ड पराजित भएमा र एएफसी बर्नमाउथले एभर्टनलाई हराएमा रेलिगेसनमा एस्टोन भिल्ला पनि तानिन सकिने देखिएको छ । तर उसले आफ्नो खेल हार्नुपर्नेछ । एस्टोट भिल्लाले वेष्टह्यामसँग खेल्दैछ । तर बर्नमाउथ विजयी भएमा र वाटफोर्ड र एस्टोन भिल्लाले बराबरी खेलेमा गोल अन्तरका आधारमा रेलिगेसनमा पर्ने टिमको टुंगो लाग्नेछ ।


ताजा खबर