भारतीय प्रधानमन्त्रीद्वारा कोरोना नियन्त्रणमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई कोरोना प्रभाव कम गर्न निरन्तर सहयोग गर्ने पनि सुनिश्चित व्यक्त गरेका छन् ।

भारतको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको फोट वार्तामा भारतीय प्रधानमन्त्री मोदीले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सराहना पनि गरे ।

नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच फोन वार्ता भएको हो ।

भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर बधाई पनि दिए ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख छ ।

‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि बधाई दिनुभयो,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा छ ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच सभ्यता र संस्कृतिका तहमा भएका सम्बन्धको स्मरण पनि ओलीसँग गरेका थिए । मोदीले वार्ताका लागि प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएका थिए ।


ताजा खबर