सागमा पदक विजेता खेलाडीका लागि प्रधानमन्त्रीले ‘प्रोत्साहन प्याकेज’ घोषणा गर्ने

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिता भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बुधबार विशेष सम्बोधन गर्ने भएका छन् ।

सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसकेका प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने बताएका हुन्  ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक विजेता खेलाडीहरुलाई ‘प्रोत्साहन प्याकेज’को घोषणा समेत गर्ने सदस्य सचिव शिलवालले जानकारी दिए ।यसअघि सरकारले सागका स्वर्ण पदक विजेतालाई ३ लाख, रजतलाई २ लाख र कास्यलाई १ लाख सहित सम्मान गर्दै आएको छ ।

सदस्य सचिव शिलवालका अनुसार यो पटक भने राखेपले सागको पुरस्कार राशीमा ठूलो मात्रामा वृद्वि गर्ने तयारी गरेको छ । आज मंगलबार साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने समापन समारोहमा प्रमुख अतिथी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हुने छन् ।

यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य हुने सदस्य सचिव शिलवालले बताए । समापन कार्यक्रमअघि नेपाल र भुटानबीच पुरुष फुटबल प्रतियोगिता हुने छ । फुटबलमा भुटानका समर्थकहरुको लागि दक्षिणतर्फको प्याराफिटमा छुट्टै स्थान दिने पनि परिषदले बताएको छ ।

समापन कार्यक्रम अन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ । फुटबलको फाइनल खेलको समापन सँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ भने साथै समापन कार्यक्रम  १ घण्टाको हुने बताइएको छ ।

 

 


ताजा खबर