राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।
सन्देशमा उहाँले पृथ्वीनारायण शाहको नेपाल एकिकरणको महतवबारे बोल्दै शाहका जीवन्त दृष्टिकोणहरू मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक रहेको बताउनुभएको छ ।
उहाँले सन्देशमा आजको यस ऐतिहासिक दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
शुभकामना सन्देशको पूर्णपाठ :
-रासस