बीरगञ्जका शिवकुमार रुंगटालाई कोरोना संक्रमण नभएको पुष्टि (ल्याब रिपोर्ट सहित)

भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पताल मा उपचाररत  वीरगञ्जका ६३ वर्षीय शिवकुमार रुंगटाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मृगौलाका बिरामी रुंगटा आफ्नो मृगौला सम्बन्धि समस्याले अस्पतालमा उपचारको लागि गएको र कोरोनाको आशंका गरी अस्पतालले कोरोना छैन भनी पुष्टि गरेको रिपोर्ट सफल नेपाललाई प्राप्त भएको छ ।

रुंगटाको थ्रोट स्वाब जाँचको लागि नमूना संकलन गरी नेशनल इस्टिच्युट अफ मेडिकल साइन्स, पुनेमा रहेको प्रयोगशालामा पठाइएको थियो।

बीरगञ्ज घर भएका रुंगटा खद्यान्न व्यवसायी हुन् ।  केहिदिनअघि श्रीलंकाबाट नेपाल फर्किएका रुंगटाले चिकित्सकलाई घरमा नै बोलाएर जाँच गराउँदा चिकित्सकले उनलाई गण्डक अस्पतालमा उपचारको लागि पठाएको र वीरगञ्जको गण्डक अस्पतालले ६ दिन अघि उनलाई पटना रिफर गरेको परिवारिक श्रोतले बताएको छ ।

रुंगटाको ल्याब रिपोर्टः

No photo description available.

रिपोर्टका लागि खोपके का पत्रकार सुरेश बिडारीलाई धन्यवाद !


ताजा खबर