महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्वभर ७८ लाख ८५ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने चार लाख ३२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा एक लाख ३२ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार २२९ जनाको ज्यान गएको छ ।
कोरोना भाइरसबाट सर्वाधिक असर परेका मुलुकहरू
क्र.स. न्. देशहरू कूल सङ्क्रमित निको भएका कूल मृत्यु
विश्वभर ७८,८५,००० ४०,४९,७६८ ४,३२,६३८
१. अमेरिका २१,४२,२२४ ८,५४,१०६ १,१७,५२७
२. ब्राजिल ८,५०,७९६ ४,३७,५१२ ४२,७९१
३. बेलायत २,९४,३७५ – ४१,६६२
४. इटाली २,३६,६५१ १,७४,८६५ ३४,३०१
५. फ्रान्स १,५६,८१३ ७२,८०८ २९,३९८
६. स्पेन २,९०,६८५ – २७,१३६
७. मेक्सिको १,४२,६९० १,०४,९७५ १६,८७२
८. बेल्जियम ५९,९१८ १६,५४७ ९,६५०
९. भारत ३,२१,९६३ १,६२,४३९ ९,२०४
१०.जर्मनी १,८७,४२३ १,७२,२०० ८,८६७
११. इरान १,८४,९५५ १,४६,७४८ ८,७३०
१२. क्यानडा ९८,४१० ५९,३५४ ८,१०७
१३. रसिया ५,२८,९६४ २,८०,०५० ६,९४८
रासस/एएफपी