युरोपेली सिमाना खुला : शर्त तथा प्रतिबन्धात्मक व्यवस्था भने अझै लागु हुने

युरोपेली मुलुकहरूको आपसी सिमाना सोमबारदेखि पुनः खुला गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमणको डरका कारण विगत झण्डै तीन महिनादेखि ती देशहरूको सिमाना बन्द गरिएको थियो ।
सिमाना खुल्ला गरिएपनि कतिपय शर्त तथा प्रतिबन्धात्मक व्यवस्था भने अझै पनि लागु नै हुने अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी अमेरिकी, एशियाली र अन्य विदेशी पर्यटकहरूलाई पनि युरोपेली देशहरूमा प्रवेशका लागि अझै खुला गरिएको छैन ।
युरोपेली सङ्घअन्तर्गतका २७ देशहरू र केही ‘सेन्जेन’ देशहरूसँगै सङ्घको सदस्य नरहेका देशहरूमा पनि अन्य देशका नागरिकहरू केही समय आवतजावत नगर्ने अपेक्षा गरिएको छ । यो अवस्था कम्तीमा अर्को महिना शुरु नहुदासम्म रहने अनुमान गरिएको छ ।


ताजा खबर