विश्व प्रशिद्ध ओस्कार पुरस्कार वितरण समारोह स्थगित

कोभिड-१९ को त्रास कायमै रहेकोले विश्व प्रशिद्ध चलचित्र पुरस्कार वितरण समारोह ओस्कार स्थगित भएको छ ।

चलचित्र क्षेत्रको विभिन्न विधामा नोमिनेशनका आधारमा वितरण गरिने ओस्कार पुरस्कारको समारोह इतिहासमा चौथो पटक स्थगित भएको हो । अब समारोह सन् २०२१ को अप्रिल २५ तारिखका दिन हुने भएको छ ।

यसअघी प्रतियोगितालाई २०२१ कै फेब्रुअरी २८ मा गर्ने गरी तयारी गरिएको थियो । तर स्वास्थ्य महामारीका कारण उत्पन्न भएको विषम परिस्थितका कारण ओस्कार सहित यसका सहयोगी अन्य पुरस्कार विरतण कार्यक्रमहरु तत्कालका लागि सबै स्थगित गरिएको पुरस्कार वितरण संस्था एकेडेमी बोर्डले जनाएको छ ।

ओस्कारसंगै अन्य चर्चित चलचित्र पुरस्कारहरु एकेडेमी म्युजियम मोसन पिक्चर, १२औ गभर्नर्स अवार्ड,  टोनी अवार्ड, इम्मी अवार्ड लगायत आधा दर्जन भन्दा बढी हलिउडका पुरस्कार कार्यक्रमहरु रोकिएका र स्थगित भएका छन् । रोयटर्स


ताजा खबर