‘मध्यपूर्वी देशहरुमा कोरोना भाइरस संक्रमणको अवस्था चिन्ताजनक’ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले मध्यपूर्वी देशहरुमा कोरोना भाइरसको संक्रमणको अवस्था अत्यन्तै चिन्ताजनक रुपमा बढ्दै गएको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका निर्देशक अहमद अल मान्धरीले सो कुराको बताउनुभएको हो । उहाँले भन्नुभयो- केही मध्यपूर्वका राष्ट्रहरुमा पहिलो हप्ताको तुलनामा यस हप्ता कम्तीमा पनि १० प्रतिशतको दरले केशहरु बढिरहेकोले अवको अवस्था आगामी दिनमा झन् खतरा हुँदै जाने देखिएको छ ।

उहाँका अनुसार साउदी अरेयिबा, इरान, इराक, पाकिस्तानमा यस्तो बढ्दो अवस्था देखिएको हो । ती देशहरुमा मृत्युको दर पनि बढ्दै गएको देखिएको छ । निर्देशक मान्धारीका अनुसार ती देशहरुमा कोरोनाका संक्रमितमध्येका व्यक्तिहरुको मृत्यु दर पनि पहिलो हप्ताको तुलनामा यस हप्ता १३ प्रतिशतले बृद्धि भएको पाइएको छ ।

त्यस क्षेत्रमा गएका केही हप्ताहरुयता निको हुने दर पनि स्थिर रहेको देखिन्छ । प्राप्त समाचारमा ती क्षेत्रमा करिब १० लाख संक्रमित निको भएर घर फर्किएका पाइएको छ । उहाँले यी देशहरुमा त्यहाँका नागरिकले यस संक्रमणलाई कम आँकलन गरेको पाइएको छ ।

नागरिकहरुले यसबाट जोगिनुपर्ने स्वास्थ्यका मापदण्ड नअपनाई हेलचक्र्याईँ गरेको पनि पाइएको छ । त्यसैगरी यहाँका सरकारहरुले पछिल्ला केही हप्ताहरुमा स्वास्थ्य परीक्षणको दायारा पनि घटाएको पाइएको छ । स्वास्थ्य परीक्षण गर्ने व्यक्तिको संख्या घटाइएको देखिएको छ ।

त्यस्तै सरकारले यहाँ धेरै जना मानिसलाई जम्मा हुन नदिने तथा अरु सुरक्षाका मापदण्डहरु अपनाउने कुरामा पनि सरकारकाले कडाइ नगरेकोले यस्तो अवस्था आएको विश्व स्वास्थ्य संगठनले यसअघि पनि जनाएको थियो । बीबीसी


ताजा खबर