भारतमा कोरोना भाइरस विरुद्धको भ्याक्सिनको परीक्षण सुरू भएको छ । हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले आफ्नो टुवीटर हयाण्डलमार्फत भारतमा तयार भइरहेको कोरोना भ्याक्सिनको मानिसमा परिक्षण सुरू भएको जानकारी दिनुभएको हो । भारत बायोटेक कम्पनीले विकास गरेको सो भ्याक्सिनलाई यसअघि मुसा र खरायोमा परीक्षण गरिएको थियो ।
सो परीक्षण सफल भएको दाबी सहित भारतले मानिसमा परीक्षण सुरु गरेको हो । स्वास्थ्यमन्त्री विजले यो भ्याक्सिन दिइएका मानिसहरुमा अहिलेसम्म नकारात्मक प्रभाव नपरेका उल्लेख गर्नुभएको छ ।
यसैबीच भारतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय ५६ जना संक्रमित भएका छन् । हालसम्म त्यहाँ १० लाख ९ हजार ४ सय ६ जना कुल संक्रमित पुगेका छन् संक्रमणकै कारण २५ हजार ६ सय ६४ जनाको ज्यान गइसकेको छ । एआईएन