भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ४८ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन्।
२४ घण्टायता ४८ हजार ९१६ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा कोरोना संक्रमणबाट ७५७ जनाको मृत्यु भएको छ।
हालसम्म भारतमा कुल संक्रमितको संख्या १३ लाख ३७ हजार २२ पुगिसकेको छ, जसमध्ये ४ लाख ५५ हजार ५०९ जना सक्रिय संक्रमितको उपचार चलिरहेको छ।
कोरोना संक्रमणबाट भारतमा हालसम्म ३१ हजार ४०६ जनाको मृत्यु भइसकेको छ।
भारतमा कोरोना परीक्षणका क्रममा २४ जुलाई (९ साउन) सम्ममा एक करोड ५८ लाख ४९ हजार नमूना जाँचिएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले जनाएको छ ।
आईसीएमआरका अनुसार, हिजो मात्रै ४ लाख २० हजार ८९८ जनाको नमूना परीक्षण गरिएको थियो।
विश्वमा कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये भारत तेस्रो स्थानमा छ। एएनआई