‘कोरोनाको खोप पत्ता नलाग्न पनि सक्छ’

कोरोना भाइरस (कोभिड–१९) ले हायलकायल विश्व यतिबेला प्रभावकारी खोप र औषधिको प्रतीक्षामा छ । यसका लागि विभिन्न मुलुक र संघ–संस्थाले प्रयास पनि गरिरहेका छन् । अन्वेषण सफलताउन्मुख भए पनि अहिलेसम्म ठोस उपलिब्ध हासिल भइसकेको छैन ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसको प्रभावकारी खोप पत्ता लाग्न नसक्ने सम्भावना उत्तिकै रहेको औंल्याएको छ ।

डब्लूएचओका प्रमुख टेड्रोस एड्नोहम भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न पनि सक्ने बताउँछन् ।

खोपबारे अनुसन्धान भइरहे पनि सत प्रतिशत सफल हुनेमा ढुक्क हुनसक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘कोरोना भाइरसको खोप चाँडै पत्ता लाग्ने आश गरिउ पनि यो उपलब्ध खोप कहिल्यै पत्ता नलाग्न पनि सक्छ,’ उनले पत्रकार सम्मेलनमा भने ।

उनले कोरोनाविरुद्ध लड्न सतर्कताका उपायहरू अवलम्बन गर्नु अहिलेसम्मको उपयुक्त विकल्प भएकाले त्यसलाई अगाल्न सबैमा अपिल पनि गरेका छन् ।  कोरोनाले महामारीको रूप लिएको ८ महिना भइसके पनि अहिलेसम्म देशहरू यसबाट मुक्त हुन सकेका छैनन् । झण्डै ७ लाख मानिसको यो रोगबाट ज्यान गइसकेको छ भने ८० लाखभन्दा बढी मानिस संक्रमित छन् ।


ताजा खबर