इरानमाथि हात हतियार खरिद बिक्री गर्न लगाइएको प्रतिबन्ध लम्ब्याउनु पर्ने अमेरिकाको प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले खारेज गरेको छ ।
सुरक्षा परिषद्को बैठकमा रुस र चीनले उक्त प्रस्तावको विपक्षमा मतदान गरेपछि अमेरिकाको प्रस्ताव सुरक्षा परिषद्बाट खारेज भएको हो ।
सन् २०१५ मा इरान र पश्चिमा मुलुकहरू बिच भएको आणविक सम्झौता अन्तर्गतको हतियार खरिद बिक्री प्रतिबन्ध आगामी अक्टोबर महिनामा अन्त्य हुने भएपछि प्रतिबन्धलाई निरन्तरता दिनु पर्ने माग अमेरिकाले राख्दै आइरहेको थियो ।
प्रस्तावको खारेजी पछि रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले इरान सम्बन्धी समस्याको समाधान विश्वका प्रमुख राष्ट्रहरूको सम्मेलनले खोज्नु पर्ने बताउनुभयो ।