पछिल्लो समय श्रोता-दर्शकको माया पाइरहेको ‘के माया लाग्छ र’ गीतको लोकप्रियता बढिरहेको छ। गीतको भिडियोले यूट्युबमा एक करोड भ्यूज पाएको छ।
सार्वजनिक भएको ४४औं दिन सोमबार यो गीत करोड क्लबमा प्रवेश गरेको हो। आर्टमान्डुको यूट्युब च्यानलमा राखिएको गीतको भिडिओ शनिवार साँझसम्म एक करोड दश लाख बैसठ्ठी हजार छ सय एकचालिस भन्दा बढी पटक हेरिसकिएको छ।
गीतकार हर्क साउदको शब्द र अंकितबाबु अधिकारीको संगीत रहेको गीतमा निशान भट्टराई र एलिना चौहानको स्वर छ। बोलीचालीका ठेट शब्दहरु टिपिएको गीत जनजिब्रोमा भिज्नुका साथै टिकटक लगायत सामाजिक सञ्जालमा निकै छाएको छ।
मुकुन भुसाल, सुरविना कार्की र मनीष तामाङको अभिनय रहेको गीतको म्यूजिक भिडिओमा ग्रामीण जनजीवनका दृश्य समेटिएको छ।
गीतकार साउदले गीतले करोड भ्यूज पाएको सन्दर्भमा फेसबूक स्टाटस लेख्दै गीतलाई माया दिएकोमा सबैलाई आभार प्रकट गरेका छन्। “यो असीमित मायाको कदर स्वरुप अन्य सिर्जनात्मक कार्य गर्दै जानेछौं”, उनले लेखेका छन्।
भिडियो हेर्नुस्ः