विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले कोरोना माहामारीबाट विश्व समुदाय अपेक्षा गरिएभन्दा चाडै मुक्त भै सामान्य अवस्थामा फर्कने आशा ब्यक्त गरेको छ ।
कोरोना संक्रमण निकै लामो समयसम्म रहने अनुमान भैरहेका बेला विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोसले २ बर्षभित्र विश्व समुदाय पुरानो अवस्थामा फर्कने बताउनुभयो ।
डब्लु एच ओका प्रमुख टेड्रोसले बिश्वब्यापीकरणका कारण कोरोना संक्रमण विश्वभर फैलिएको बताउनु हुदै प्रबिधिको उच्च बिकासका कारण यसको नियन्त्रणमा पनि मद्धत पुग्ने बताउनु भयो ।
उहाँले यसअघि सन १९१८ मा फैलिएको स्पेनिस फ्लु का कारण २ बर्षमा विश्वभर २ करोड मानिसको मृत्यु भए पनि यस पटक विश्वभर यसलाई नियन्त्रणकालागी चालिएका कदमहरुले सकारात्मक परिणाम ल्याउनेमा आफु आशावादी भएको बताउनु भयो ।