‘‘फ्रन्ट लाइन’ मा काम गर्नेलाई सहयोग गर्नु सबैको दायित्व’

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कोभिड–१९ सङ्क्रमणको परिस्थितिमा ‘फ्रन्ट लाइन’मा बसी काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई साथ दिनु सरकारसँगै हरेक नागरिकको दायित्व भएको बताउनुभएको छ ।

उहाँले आज विज्ञप्तिमार्फत नयाँ बानेश्वरस्थित स्वास्थ्यकर्मीको निवासमा भएको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको भन्नुुहुुँदै अहिले स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको बताउनुभयो ।


ताजा खबर