कोभिड-१९ विरुद्ध रुसी खोप प्रतिरोधात्मक देखियो

रुसी वैज्ञानिकहरुले तयार पारेको कोभिड-१९ विरुद्धको खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखाएको, एक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

विश्व प्रसिद्ध स्वास्थ्य सम्बन्धी अनुसन्धानात्मक पत्रिका “द ल्यानसेटमा” रुसी वैज्ञानिकद्वारा प्रकाशित उक्त प्रतिवेदनमा खोप लगाइएका सबैजसो कोरोना भाइरस सङ्क्रमितहरूमा एन्टिबडी विकसित भएको र खोपको गम्भीर नकारात्मक असरहरू पनि नदेखिएको उल्लेख छ ।

रुसले अनुसन्धानको नतिजा प्राप्त हुनु अघि गत अगस्ट महिनादेखि नै खोपको प्रयोग सुरु गरिसकेको थियो ।

यसैबिच, केही विज्ञहरूले खोपको उपयोगिता र प्रभावकारिता देखाउन उक्त परिक्षण धेरै सानो भएको बताएका छन् ।

प्रतिउत्तरमा रुसले प्रतिवेदनमा उल्लेखित नतिजाले सबै आलोचनाको खण्डन गरेको बताएको छ । ~रोयटर्स


ताजा खबर