विश्वमा कोरोना मुक्त हुनेको संख्या २ करोड नाघ्यो : भारतमा उच्च जोखिम

विश्वभर कोरोना संक्रमणबाट निको भइ घर फर्कनेको संख्या २ करोड नाघेको छ । पछिल्लो तथ्याङ्क अनुसार २ करोड १ लाख ३ हजार ३ सय भन्दा बढी मानिस उपचारपछि निको भइ घर फर्केका छन्।

हालसम्म ९ लाख ८ हजार भन्दा बढीको ज्यान गएको छ भने २ करोड ८० लाख भन्दा बढी संक्रमित भएका छन् । कोरोनाबाट सबैभन्दा बढी संक्रमण र क्षति अमेरिका, भारत र ब्राजिलमा भएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ११ सय ६८ जनाको मृत्यु भएको छ भने ९५ हजार ५ सय २९ जना संक्रमित थपिएका छन् । सोही अवधिमा अमेरिकामा ११ सय ५४ जनाको मृत्यु हुँदा ३४ हजार १ सय १० संक्रमित थपिएका छन् । यस्तै, विगत २४ घण्टामा ब्राजिलमा ११ सय ३६ जनाको मृत्यु भएको छ भने ३४ हजार २ सय ८ जना संक्रमित भएका छन् । सोही अवधिमा मेक्सिकोमा ७ सय ३, कोलम्बियामा २ सय ३६, रुसमा १ सय ४२ र इरामा १ सय २७ जनाले ज्यान गुमाएका छन् ।

विहान मात्रै भारतमा तीन हजार बढीमा संक्रमण पहिचान भएको छ । आजमात्रै ४ हजार ६ सय बढी संक्रमित पहिचान भएको मेक्सिकोमा ६ सय ११ जनाले ज्यान गुमाएका छन् ।


ताजा खबर