वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने सरकारको निर्णय

आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा रिक्त सदस्य पदमा बामदेव गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सो कुराको जानकारी कृषि तथा सहकारी मन्त्री घनश्याम भुषालले दिनुभयो । यस अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँकाे नाम सिफारिस गर्ने बारे सचिवालय बैठकलाइ जानकारी गराउनु भएकाे थियाे ।

साथै नेपाल विद्युत प्राधिकरणकाे प्रमुख कार्यकारी पदमा कुलमान घिसिङकाे नाम सिफारिस हुने समाचारहरू सार्वजनिक भए पनि आज त्यस विषयमा कुनै एजेण्डै नआएकाे मन्त्री भुषालले जानकारी दिनुभयाे ।

यसैगरी असाेज ५ गतेबाट आन्तरिक उडान पनि सञ्चालन गर्ने निर्णय भएकाे उहाँले जानकारी गराउनुभयाे । 


ताजा खबर