बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाइरस संक्रमणको दोस्रो लहरपछि संक्रमितको संख्या बढ्दै जाँदा चार साता लामो बन्दाबन्दी घोषणा गरेका छ।
प्रधानमन्त्री जोनसनले यो वर्षको क्रिसमस ‘अति कठिन’ हुने बताएका छन्। तर, उनले पारिवारिक रुपमा भेला हुन सकिने आशा व्यक्त गरेका छन्।
विशेष कारणविना मानिसहरुलाई घरबाहिर ननिस्कन उनले आग्रह गरेका छन्। घरबाट गर्न नसकिने कामका लागि मात्र बाहिर जान भनिएको छ। व्यायाम, उपचार, खाद्यान्न र अन्य आवश्यक सामग्री किनमेलका लागि मात्र बाहिर निस्कन पनि भनिएको छ।
भेला भएर घरभित्र वा खुला ठाउँमा गरिने बैठकहरुलाई पनि प्रतिबन्ध लगाइएको छ। व्यक्तिगत रुपमा एकअर्कालाई भेट्न भने रोकिएको छैन।
पब, बार, रेष्टुरेन्ट र अतिआवश्यक नभएका खुद्रा सामनका पसल बन्द हुनुछन्। तर, किनेर लैजान र अनलाइन किनमेल गर्न रोकिएको छैन। मनोरञ्जनस्थलहरु बन्द गरिएको छ। जिमखाना पनि बन्द गर्न भनिएको छ। निर्माणका काम र उत्पादन कम्पनीहरु भने खुला हुनेछन्।