अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेट उमेद्वार जो वाइडन विजयी हुनु भएको छ ।
बीबीसीका अनुसार भर्खरै पेन्सेलभेनियामा वाइडनले जितेसँगै राष्ट्रपतिका लागि आवश्यक २७० इलेक्टोरल मत वाइडलाई प्राप्त भएको हो ।
यद्यपी अरु ३ वटा राज्यमा मतगणनाको अन्तिम नतिजा आउन बाँकी नै छ ।
बाँकी नभाडा, जर्जिया र नर्थ क्यारोलाइना राज्यमा मत गणना जारी छ । नाभाडामा वाइडनको अग्रता कायम छ भने जर्जियामा मत पुन:गणना हुने भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार वाइडनले २७३ इलेक्ट्रोरल मत प्राप्त गर्नुभएको छ भने वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उमेद्वार डोनल्ड ट्रम्पले २१४ इलेक्ट्रोरल मत प्राप्त गर्नुभएको छ ।
अमेरिकामा कूल ५३८ इलेक्ट्रोरल मत रहेको छ । –बीबीसी