नेकपा माओवादी केन्द्रको आज विहान बसेको स्थायी समितिको बैठकले सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
बैठकले नेकपा एमालेको कमिटीमा राखिएका संघीय तथा प्रदेश सांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले आगामी चैत्र २ गतेका लागि तय गरिएको कार्यकर्ता भेला अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।
आइतबारका लागि तय गरिएको केन्द्रीय समितिको बैठक भने यथावत रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दालाहका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिनुभएको छ ।