कोरोना रोकथामका लागि दलहरुसँग सहयोगको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथामका लागि सबै दलसँग सहयोगको आग्रह गर्नुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार बसेको सर्वदलीय बैठकमा ओलीले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गर्नुभयो । सबै दलका प्रतिनिधिले सहयोग गर्न तयार रहेको बताएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा सहभागी दलहरुले विद्यालय, जात्रालगायत भीडभाड हुने स्थान वन्द गरी खोपलाई व्यवस्थित गरेर भएपनि कोभिड–१९ नियन्त्रणका लागि प्रभावकारी काम गर्न सुझाएका थिए । 

यस्तै रिक्त रहेको प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिको लागि उपनिर्वाचन गराउने विषयमा पनि छलफल भएको ज्ञवालीले बताउनुभयो ।

भदौमा पार्टीको १४ औं महाधिवेशन गर्ने भएकाले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी उपनिर्वाचनको कार्यतालिका तय गर्न कांग्रेसले आग्रह सरकारलाई गरेको थियो ।

यस्तै संसदलाई विजनेस नदिएको भन्ने दलहरुको प्रश्नमा प्रधानमन्त्री ओलीले सभामुखले नै सदनलाई विजनेस नदिएको उल्लेख गर्नुभयो । सरकारले सदनमा पेश गरिसकेका विषयलाई समेत सभामुखले तजविजी अधिकार प्रयोग गर्दै रोकेर राखेको ओलीको भनाई थियो ।

छलफलका क्रममा एमसीसी किनारा लगाउनुपर्ने लागतय विषय पनि उठेको एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । बैठकमा औपचारिक जानकारी नआएको भन्दै माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव समूह भने उपस्थित भएन । एमाले कै खनाल नेपाल समूहले पनि सर्वदलीय बैठक बहिस्कार गरेको छ ।  -रासस


ताजा खबर