इजरायल र हमास लडाकु बीच युद्ध विरामको भएको छ।
युद्ध विराम आज शुक्रबारबाट सुरु भएकाे हो ।
विगत ११ दिनदेखि इजरायल र हमास बीच चलेको हिंसा र युद्धमा २३२ जना प्यालस्टाइनी र १२ इजरायली गरेर २४४ भन्दा बढीकाे मृत्यु भइसकेको छ ।
इजिप्टको मध्यस्थतामा गरिएको युद्ध विरामलाई इजरायल र हमास दुवैले स्वीकार गरेका छन् ।
प्यालस्टाइनी लडाकु समूहहरु तथा इजरेलको सुरक्षा क्याबिनेटले युद्धविरामप्रति स्वीकृति जनाएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडनले युद्ध विरामको घोषणालाई स्वागत गर्नुभएको छ । उहाँले दिगो शान्ति स्थापनाका लागि यो कदम एक अभूतपूर्व मौका भएको बताउनुभएको छ ।
११ दिनदेखि चलेको पछिल्लाे हिंसामा इजरायलले गाजा पट्टीमा रहेकाे हमासको कार्यालय रहेकाेका भवनहरुमा आक्रमण गरेको थियो भने हमासले दक्षिण इजरायलमा दर्जनौँ रकेट प्रहार गरेको थियो ।
युद्ध विरामसँगै गाजामा विजयोत्सव मनाउन गोली चलाइएकाे आवाज आएका छन्। तर इजरेलतर्फबाट रकेट प्रहार रोकिएको छ। –रोयटर्स