राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन

नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ ।

सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय  बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी  दिनुभयो ।सङ्घका अध्यक्ष बचनबहादुर सिंह उमेर हदका कारण स्वतः पदमुक्त भएपछि सह अध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो  ।

युवा सङ्घमा ४० वर्ष उमेर हद तोकिएको छ ।महासचिव आचार्यले आजको बैठकले अध्यक्ष मात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत् रहेको बताउनुभयो । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताउनुभयो । उहाँले परिस्थिति अनुकुल हुने बित्तिकै महाधिवेशन गर्ने समेत बताउनुभयो ।


ताजा खबर