चीनमा दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति

चीनले दम्पत्तीलाई तीन सन्तान जन्माउन अनुमति दिने तयारी गरेको छ ।

जनगणनाले जन्म दरमा अत्यन्तै ह्रास आएको देखिएपछि चीनले यसप्रकारको अनुमति दिने तयारी गरेको हो ।

चीनले सन् २०१६ मा आफ्नो दशकौं पुरानो नीतिमा परिवर्तन ल्याउँदै एक सन्तान मात्रै जन्माउने पाउने ब्यवस्था बदलेर दुई सन्तान जन्माउन पाउने अनुमति दिएको थियो ।

तर सन् २०१६ मा उक्त नीति ल्याइएपनि जनसंख्या बृद्धिदर घट्दै गएको देखिन्छ । सन् १९७८ देखि २०२० सम्म चीनमा प्रति हजार जन्मदर मात्र सातदेखि आठको बीचमा रहेको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले पोलिटब्यूरो बैठकमा उक्त प्रस्ताब स्वीकृत गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।

चीनले जनसंख्या बृद्धि दरलाई नियन्त्रण गर्न सन् १९७९ मा पहिलो पटक एक सन्तान नीति अपनाएको थियो ।

उक्त नीतिको बिरुद्ध दुई वा बढी सन्तान जन्माउने दम्पत्तीलाई जरिवाना तिर्नुपर्ने, रोजगारी गुमाउनुपर्ने वा गर्भपतन गराउनुपर्ने ब्यवस्था गरिएको थियो । –सिन्ह्वा/रासस


ताजा खबर