फिल्म ‘बादशाह जुट’ भोली कात्तिक १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । आफूलाई बादशाह सम्झने दुई युवकको कथामा आधारित फिल्ममा अभिनेताद्वय सुशील श्रेष्ठ र आमिर गौतमको प्रमुख भूमिका रहेको छ ।
सुशीलले पत्रकार र आमिरले हवल्दारको भूमिका निभाएका छन् । जोनी सिंह राणाले फिल्मको निर्देशक हुन् । फिल्मको टिमले गत बिहीबार एक कार्टुन पोस्टर सार्वजनिक गरेको थियो । जसमा सुशील र आमिरलाई उतारिएको छ ।
आफूलाई बादशाह सम्झने पात्रको भूमिकामा सुशील र आमिर रहेको पोस्टरले प्रस्ट्याउँछ । एक्सन र कमेडी जनरामा निर्माण भएको फिल्ममा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीले एक गीतमा ठुम्का लगाएकी छन् । फिल्मलाई राजु कार्कीले खिचेका हुन् ।
बादशाह जुटका निर्माता हर्कबहादुर कुँवर ‘कृष्ण’ हुन् । निर्माता कुँवरले दुई युवाको बादशाह बन्ने संघर्ष र बादशाह बन्न कस्तो काम गर्नुपर्छ भन्ने कुरा चलचित्रले देखाउन खोजेको बताएका छन् ।
हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठको लगानीमा र एच एण्ड बी फिल्मको प्रस्तुतिमा तयार भएको चलचित्रको निर्माणमा ग्राफिक्समा फिल्मस् एण्ड इन्टरटेन्मेन्टले पनि सहकार्य गरेको छ ।
प्रिमियर नगरीकन प्रेस शो मात्र गरी भोलीबाट प्रदर्शन हुँन लागेको बादशाह जुटको इन्टायर टिमलमई सफल नेपाल डटकम परिवारको तर्फबाट सफलताको शुभकामना ।