नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले काँग्रेसलगायत पाँच दलले दर्ता गरेको रिट निवेदन उपर गरेको फैसलाको स्वागत गर्नुभएको छ ।
सर्वोच्चको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको सभापति देउवाले आफ्नो धारणा व्यक्त गर्नुभएको हो।
सोमबार सर्वोच्च अदालतद्धारा जारी आदेश सम्बन्धमा एक विज्ञप्तिमार्फत आफ्नो प्रतिक्रिया दिनुहुदै देउवाले फैसलाले देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न अझ जिम्मेवार बनाएको बताउनुभएको छ ।
कसैले पनि यसलाई व्यक्तिगत जीत र हारको विषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील काँग्रेस सभापति देउवाले गर्नुभएको छ ।
–रासस