सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त : राष्ट्रपतिले संविधानको धारा १६५ अनुसार पदमुक्त गरेको घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को आइतबार बसेको निर्णयबमोजिम पदमुक्त गरिएको राष्ट्रपति कार्यलयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिअनुसार, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको हो । राष्ट्रपतिले संविधानको धारा १६५ अनुसार पदमुक्त गरेको विज्ञप्तिमा जनाइएको छ ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते प्रदेश १ मा प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ मा रत्नेश्वरलाल कायश्थ, ३ मा अनुराधा कोइराला, गण्डकी प्रदेशमा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, कर्णाली प्रदेशमा दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशमा मोहनराज मल्ललाई प्रदेश प्रमुखमा नियुक्त गगरेको थियो । राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त भएका घोषणा विज्ञप्ति मार्फत गरेकी छन् ।


ताजा खबर